भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार एक कैदीबन्दी विराटनगरबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरी भोक्राहनरसिंह गाँउपालिकाका २९ वर्षीय पप्पुकुमार यादवलाई विराटनगर १८ बाट पक्राउ गरेको हो।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले पप्पु सिंह भनिने यादवलाई भारतीय सीमा क्षेत्रस्थित विराटनगरको भेडियारीबाट नियन्त्रणमा लिएको हो।