Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशबाट एमालेमा को को बने उम्मेदवार ?

हाम्रो कोशी आवाज
मंसिर २९ २०८२, सोमबार
कोशी प्रदेशबाट एमालेमा को को बने उम्मेदवार ?

नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले उम्मेदवारहरू टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट अध्यक्ष ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा हिक्मत कार्की र शेरधन राईसहित ५ जना पदाधिकारी उम्मेदवार बन्ने भएका छन् ।
ओली पक्षले बाँकी २८२ जनाको केन्द्रीय सदस्य उम्मेदवार पनि टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट भूगोलतर्फका ९ जना उम्मेदवारमा खुलातर्फ सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका रामबहादुर मगर र झापाका इन्द्र भण्डारी छन् । यस्तै महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मीना उप्रेती तथा युवातर्फ ताप्लेजुङका क्षितिज थेबे उम्मेदवार बन्ने भएका छन् ।
कोशी प्रदेशबाट आदिवासी जनजाति क्लस्टरमा पाँचथरका श्रीप्रसाद जबेगु, ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, धनकुटाका राजेन्द्र राई, ताप्लेजुङका पासाङ शेर्पा, भोजपुरका हेमराज राई र युवातर्फ झापाका मनोज ताम्ली उम्मेदवार बन्ने भएका छन् । आदिवासी जनजाति महिलातर्फ खोटाङकी उषाकला राई, पाँचथरका आशा जबेगु, भूमिका सुब्बा र धनकुटाकी तारा तितुङको नाम टुंगो लगाइएको छ । कोशी प्रदेशबाट मधेशी क्लस्टरमा सुनसरीका जगदीश कुसियैत र मोरङका दिलीप बगडिया उम्मेदवार बनेका छन् ।
यस्तै दलित महिलातर्फ कोशीबाट तेह्रथुमकी विष्णुमाया विक उम्मेदवार बन्दा थारु महिलातर्फ उदयपुरकी मञ्जु चौधरी उम्मेदवार बनेकी छन् । केन्द्रीय सदस्य खुल्लातर्फ संखुवासभाका राजेन्द्र गौतम, सुनसरीका भीम आचार्य, झापाका अग्नि खरेल, मोरङका लालबाबु पण्डित, संखुवासभाका तुलसी न्यौपाने, सुनसरीका प्रेम दंगाल, झापाका देवेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दीपक कार्की, खोटाङका विशाल भट्टराई र ओखलढुंगाका यज्ञराज सुनुवार उम्मेदवार बन्ने भएका छन् ।
यस्तै खुल्लामै झापाकै चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, झापाकै होमबहादुर थापा उम्मेदवार बनेका छन् भने खुला महिला उम्मेदवार झापाकी एलिजा गौतम, सुनसरीकी भगवती चौधरी, झापाकै गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक, खोटाङकी बिनादेवी राई, इलामकी शकुन्तला लेप्चा, झापाकी जलवर्षा राजवंशी, ओखलढुंगाकी अस्मिता थापा, मोरङकी शिल्पा निराला कार्की उम्मेदवार बनेका छन् ।
ओली पक्षले उम्मेदवारको सूचीमा राखेका कतिपय व्यक्तिले उम्मेदवार बन्न अस्वीकार गरिरहेका छन् । पदाधिकारी दाबी गरिरहेका झापाका अग्नि खरेललाई सदस्यको उम्मेदवार बनाएपछि उनी ईश्वर पोखरेल पक्षको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । पोखरेल पक्षले भने आफ्नो समूहको अन्तिम नामावली सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: मंसिर २९ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend