Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब केहीदिन चिसो थप बढ्ने, कोशीमा दिनभरजसो हुस्सु र कुहिरो

हाम्रो कोशी आवाज
पुष ९ २०८२, बुधबार
अब केहीदिन चिसो थप बढ्ने, कोशीमा दिनभरजसो हुस्सु र कुहिरो

धरानः तापक्रम घट्दै जाँदा चिसो बढ्दै जान थालेको छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने भएको छ । पश्चिमदेखि पूर्वी तराईसम्म चिसो बढ्ने भएकाले थप सतर्क हुनुपर्नेछ,” मौसमविद् सरोज पुडासैनी भन्छन् ।
पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण चिसो हुने भएको हो । बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र अबेरसम्म घाम नलाग्दा चिसो हुने उनको भनाइ छ ।
तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । “पूर्वी तराईमा भन्दा पश्चिम तराईमा धेरै हुस्सु र कुहिरो लागेको छ,” मौसमविद् पुडासैनी भन्छन्, “कतिपय ठाउँमा मध्याह्न १२/१ बजेसम्म घाम नलाग्न सक्छ ।”
कोशी प्रदेशका तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।
आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिहान पौने ६ बजे झापाको चन्द्रगढीमा भिजिविलिटी १०० मिटर मात्रै छ । विराटनगरमा ८०० मिटर भिजिविलिटी छ । भैरहवा र जनकपुरसमा समान हजार मिटर भिजिविलिटी छ ।
दिपायलमा ८००, धनगढीमा १२००, वीरेन्द्रनगर र घोराहीमा समान २०० तथा नेपालगञ्जमा ८०० मिटर भिजिविलिटी रहेको छ ।
यसैबीच, काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
हिजो काठमाडौंको न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम ४.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति: पुष ९ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend