Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्रक दुर्घटना पल्टिँदा एकै गाउँका पाँचजनाको मृत्यु, बस र बालबाहक गाडी ठोक्किँदा बालकको मृत्यु

हाम्रो कोशी आवाज
माघ १ २०८२, बिहिबार
सुनसरीमा ट्रक दुर्घटना पल्टिँदा एकै गाउँका पाँचजनाको मृत्यु, बस र बालबाहक गाडी ठोक्किँदा बालकको मृत्यु

धरानः सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेकाे ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँएकाे थियाे । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो । सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । सबै गुरुङ हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।
ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । जसमध्ये चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । चालक भने फरार छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको खड्काले बताए । उता कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व(पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे१च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना५ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रकाशित मिति: माघ १ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend