धरानः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद चयनमा कोशीका कार्यवाहक अध्यक्ष गोमा तामाङ (शरिन) ले असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत कोशीको भौगोलिक र जातीय क्लस्टर समेट्न नसकिएको बताएकी हुन् ।
तामाङले आगामी दिनमा संगठनमा धेरै असर पुग्न सक्नेसमेत चेतावनी दिएकी छिन् । साथै केन्द्रीय नेताहरूको नजिक हुनेलाई ध्यानाकर्षण गराउँदा पनि समेट्न नसक्नु विडम्बना भएको उनको टिप्पणी छ ।
‘जान्नेलाइ छान्ने लहडमा पर्नुपर्ने नाम थियो । ओखलढुंगाको बगरहरूमा घण्टी बोकेर पहिलो उम्मेदवार, जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो २०७९ मा । उहाँ हुनुहुन्छ शोभा कार्की,’ उनले नेतृत्वलाई प्रश्न गरेकी छिन्, ‘खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्यकला राई । उहाँको नाम किन आएन ?’