Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा फेललाई पास गराइदिएपछि कार्यालयका प्रमुख तानिए

हाम्रो कोशी आवाज
चैत्र १५ २०८२, आइतबार
इटहरीको यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा फेललाई पास गराइदिएपछि कार्यालयका प्रमुख तानिए

धरानः स्वास्थ्य परीक्षणमा फेललाई पास गराइदिएपछि सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय, लाइसेन्स कोशीका कार्यालय प्रमुख सतिस सत्याल मन्त्रालय तानिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीको छड्के अनुगमन क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको पाइएपछि सत्याललाई कारबाही स्वरूप मन्त्रालय तानिएको हो । सत्यालले सवारी चालक अनुमति पत्र लिँदा या नवीकरण गर्दा गर्नु पर्ने अनिवार्य स्वास्थ्य परीक्षणमा सेवा ग्राहीसँग पैसा लिएको आरोप छ । सत्यालले स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीसँग पैसा खाएर स्वास्थ्य परीक्षण पास गराउने गरेको गुनासो थियो ।
लिखित र मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीमा छड्के अनुगमन गर्दा स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको पाइएपछि सत्याललाई मन्त्रालयमा तानिएको आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले बताए ।
यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य जाँचका विषयमा सेवाग्राहीसँग आर्थिक लाभ लिने गरेको गुनासो आएपछि गएको साउनबाट मन्त्रालय आफैंले स्वास्थ्य परीक्षण गर्न डाक्टर नियुक्त गर्ने व्यवस्था भएको थियो ।
सत्यालले भने यातायात व्यवस्था कार्यालयमा क्रोनिक समस्याका रूपमा रहेको स्वास्थ्य परीक्षण सुधारमा लागेको बताउँदै आफूमाथि आरोप मात्र लगाइएको बताए ।

प्रकाशित मिति: चैत्र १५ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend