Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराट गोल्डकप चैत २८ गतेदेखि, आठ टोली सहभागी हुने

हाम्रो कोशी आवाज
चैत्र २० २०८२, शुक्रबार
विराट गोल्डकप चैत २८ गतेदेखि, आठ टोली सहभागी हुने

धरानः चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ ।
वैशाख ५ सम्म हुने प्रतियोगिताबारे जानकारी दिँदै आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीको सामना गर्ने छ ।
त्यसैगरी, ट्रफीसहित ११ लाख रूपैयाँ हात पार्ने गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मुख्य प्रायोजन गरिरहेको गोल्डकपको दोस्रो खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइजसँग स्पर्धा गर्ने छ ।
साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति रहने गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने प्रवक्ता लामाले जानकारी दिए । सहिद मैदानमा हुने दिवारात्री खेलका लागि मैदान तयारीको काम भइरहेको बताएका प्रवक्ता लामाले गोल्डकपको प्रवद्र्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर, राष्ट्रिय खेलकुद परिषद् रहेका छन् । २०१८ सालबाट सुरू भएको महेन्द्र गोल्डकप २०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको हो । ट्रष्टले भने यस पटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८ औं संस्करणका रूपमा गणना गर्ने जनाएको छ । गोल्डकपको अघिल्लो संस्करणमा थ्रीस्टारले चर्च व्वाइजलाई २–० ले पराजित गर्दै समग्रमा दोस्रो पटक उपाधि जितेको थियो । थीस्टारले गोल्डकपको पाँचौं संस्करणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: चैत्र २० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend