Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा अर्कैको नाममा एसईई परीक्षा लेखिरहेकी युवती समातिइन्

हाम्रो कोशी आवाज
चैत्र २४ २०८२, मंगलबार
सुनसरीमा अर्कैको नाममा एसईई परीक्षा लेखिरहेकी युवती समातिइन्

धरानः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी फेला परेकी छन्।
मिति २०८२ चैत २४ गते बिहान १०ः१५ बजे सामाजिक विषयको परीक्षा चलिरहेको समयमा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले अनियमितता फेला पारेको हो।
अनुगमनका क्रममा जामिआ इस्लामिया विद्यालयकी छात्रा सलमा अजहर (सिम्बल नम्बर ०१००९५२६–एक्स) को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो पक्राउ परेकी छन्।
नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: चैत्र २४ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend