Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घुस लिँदालिँदै रंगेहात इन्जिनियर राईसहित लेखा अधिकृत समातिए

हाम्रो कोशी आवाज
चैत्र २४ २०८२, मंगलबार
घुस लिँदालिँदै रंगेहात इन्जिनियर राईसहित लेखा अधिकृत समातिए

धरानः
सेवाग्राहीसँग घुस लिँदै गरेका चार सरकारी कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलेपक्राउ गरेको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठ पनि ८५ हजार घुस रकमसहित समातिएका छन् ।
आयोगको इटहरीबाट खटिएको टोलीले घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेको सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर राई, लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठमाथि पनि अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।
यी तीनजनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावास्थित विद्यालयको भवन निर्माणको अन्तिम भुक्तानी प्रयोजनका लागि ८५ हजार घुस मागेका थिए ।
चैत २३ पक्राउ परेका इन्जिनियर राई, लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई मंगलबार अदालतबाट म्याद थप्ने तयारी भएको छ ।

प्रकाशित मिति: चैत्र २४ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend