Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीमा बाँसको झाकमुनी लुकाएर गाँजा ल्याउने समातिए

हाम्रो कोशी आवाज
बैशाख २ २०८३, बुधबार
कोशी नदीमा बाँसको झाकमुनी लुकाएर गाँजा ल्याउने समातिए

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित ओसारपसारमा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिकको ९ वटा बोरामा बाँधी लुकाईछिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजासहित ओसारपसारमा संलग्नलाई पक्राउ गरिएको हो ।
पक्राउ गर्नेमा बराहक्षेत्र नगरपालिका ६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
गाँजासहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend