Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट गैँडाको खागसहित चारजना पक्राउ, ठूलो समूहबारे अनुसन्धान हुँदै

हाम्रो कोशी आवाज
बैशाख ४ २०८३, शुक्रबार
सुनसरीबाट गैँडाको खागसहित चारजना पक्राउ, ठूलो समूहबारे अनुसन्धान हुँदै

धरानः सुनसरीको बर्जु गाउँपालिका-६ बाट बिहीबार राति गैँडाको खागसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।
झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६, ताल नजिकबाट चारजनालाई नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

प्रकाशित मिति: बैशाख ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend