Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुतिरहेको समयमा आगलागी हुँदा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ८ २०८३, मंगलबार
सुतिरहेको समयमा आगलागी हुँदा दुईजनाको मृत्यु

धरानः उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ ।
सुतिरहेको समयमा आगलागी हुँदा आगलागीबाट लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख राजन चापागाईले जानकारी दिए ।
आगलागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्णरूपमा ध्वस्त भएको छ । किचन घरमा विद्युत् सर्टका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिDa”n] जानकारी दिए ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
o:t}, बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ ।
जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति: बैशाख ८ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend