Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा हेल्मेटमा लुकाएर ब्राउन सुगर ल्याउने किशोर समातिए

हाम्रो कोशी आवाज
बैशाख १४ २०८३, सोमबार
सुनसरीमा हेल्मेटमा लुकाएर ब्राउन सुगर ल्याउने किशोर समातिए

धरानः
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सुनसरी प्रहरीले इनरुवाबाट ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे इनरुवा नगरपालिका–३ सखुवागाछीस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लौकहीबाट इटहरी उपमहानगरपालिकातर्फ जाँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक १६ वर्षीय युएन लिम्बुले लगाएको हेल्मेटभित्र लुकाएर राखिएको अवस्थामा ५.३५ ग्राम ब्राउन सुगर फेला परेको थियो।
घटनामा संलग्न लिम्बुका साथै सोही मोटरसाइकलमा पछाडि सवार इटहरीकै १८ वर्षीय आशिष बान्तावा राईलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बैशाख १४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend