धरानः
इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपियास्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बुधबार बिहानको राति करिब १ः५० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ टंकी सिनवारीका २२ वर्षीय अभिषेक राई सामान्य घाइते भएका छन्। मोटरसाइकलको पछाडि सवार झापा अर्जुनधारा–३ का २२ वर्षीय निशान थापा गम्भीर घाइते भएका थिए। उनीहरू साथी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनापछि नम्बर नखुलेको मोटरसाइकल लिएर चालक राई फरार रहेको प्रहरीले जनाएको छ। घाइते थापालाई उनका साथीहरूले अर्को मोटरसाइकलमार्फत उपचारका लागि धरानस्थित घोपा अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा बिहान करिब ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।