Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सप्तकोशी नदी किनारको जंगलमा १६ बोरा गाँजा भेटियो

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०८३, सोमबार
सप्तकोशी नदी किनारको जंगलमा १६ बोरा गाँजा भेटियो

धरानः
सुनसरी र उदयपुरको सीमावर्ती क्षेत्रमा पर्ने सप्तकोशी नदीबीचको टापुबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्वा अन्तर्गतको टोलीले बराहक्षेत्र नगरपालिका–२ र बेलका नगरपालिका–८ टप्पुस्थित जंगल क्षेत्रमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा पाँच जना तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा पाँच जना गरी १० सदस्यीय टोली रबर बोटसहित उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नापतौल गर्दा बोरा सहित ४८० दशमलव ५२ केजी तथा बोरा बाहेक करिब ४७५ केजी गाँजा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend