Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिल्स गोल्डकपको उपाधि घरेलु टोलीलाई

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०८३, सोमबार
मिल्स गोल्डकपको उपाधि घरेलु टोलीलाई

धरानः विराटनगरको घरेलु टोली टिडब्लूसीवाई फुटबल क्लबले छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरस्थित जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै टिडब्लूसीवाई च्याम्पियन बनेको हो ।
उपाधिसँगै टिडब्लूसीवाईले नगद २ लाख १ हजार १११ रुपैयाँ हात पारेको छ । उपविजेता पुलिसले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ ।
विराटनगरको जितमा भुवन बस्नेत र अभिषेक लिम्बूले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दोर्जे तामाङको पासलाई सदुपयोग गरे । खेलको ६६ औं मिनेटमा अभिषेक लिम्बूले शानदार हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले दोर्जे तामाङकै कर्नर प्रहारमा गोल गरेका थिए ।
दोस्रो हाफमा एक गोलले पछि परेपछि दबाबमा आएको पुलिसले गोलका केही राम्रा अवसर गुमायो । खेलको ५० औं मिनेटमा पुलिसका नितेश लिम्बूको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । लगत्तै सन्दीप लिम्बूको प्रहारलाई विराटनगरका गोलकिपर पूर्ण चाम्लिङले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा विराटनगरका अमृत मिश्राको कडा प्रहारलाई पुलिसका गोलकिपर सचिन चौधरीले विफल तुल्याएका थिए ।
फाइनलको ‘प्लेयर अफ द म्याच’ पुलिसका सुमित प्रधान घोषित भए । उनले २ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको राइजिङ प्यलेयर लालीगुराँस स्पोर्टिङ क्लबका अभिराम घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विराटनगरका प्रवेश बस्नेत घोषित भए । उनले ४३ इन्चको टिभी पाएका छन् ।
अन्य विधातर्फ विराटनगरका पूर्ण च्याम्जुङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्रा सर्वाधिक गोलकर्ता घोषित भए ।
विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सन्तोषी श्रेष्ठ र मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोललगायतले पुरस्कार वितरण गरेका थिए । २०७७ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा यसपटक ८ टोलीको सहभागिता रहेको ट्रस्टका अध्यक्ष डंगोलले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend