Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा तीनजना सवार मोटरसाइकल टिपरमा ठोक्किँदा युवाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०८३, सोमबार
सुनसरीमा तीनजना सवार मोटरसाइकल टिपरमा ठोक्किँदा युवाको मृत्यु

धरानः सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
तीनजना सवार मोटरसाइकल दुर्घटनामा परेको हो । पूर्व–पश्चिम राजमार्गमा को१ख ५१२८ नम्बरको टिपर टायर पम्चर बई बिग्रेर साइडमा रोकिराखेको अवस्थाको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामधुनीका प्रहरी निरीक्षक हरि सुवेदीले जानकारी दिए ।
झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किन गई दुर्घटना हुँदा चालक इनरुवा नगरपालिका वडा नं.८ बस्ने २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेका उनको गम्भीर अवस्थामा उपचारका लागि विराट नर्सिङ होम लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार इनरुवा–८ कै २० वर्षीय आर्यन चौधरी, २८ वर्षीय आशिष चौधरी समेत घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।
टिपर चालक सुनसरीको कोशी गाउँपालिका ३ बस्ने ४८ वर्षीय लालमोहमद मियाँ प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकले सडकमा ध्यान नदिँदा र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति: जेष्ठ २५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend