Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करले कञ्चन राईको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०८३, मंगलबार
मोटरसाइकलको ठक्करले कञ्चन राईको मृत्यु

धरानः मोरङको लेटाङमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
लेटाङ-२ बुधबारेस्थित धोबी चोकमा लेटाङबाट धोबीचोकतर्फ जाँदै गरेको प्र१–०२–०४१प ५५६२ नम्बरको मोटरसाइकलले पैदलयात्री दुईजना महिलालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते बनेकी लेटाङ–२ बस्ने ३६ वर्षीय कञ्चन राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चन र ३५ वर्षीया सूचन राईको आर्या न्युरो अस्पताल विराटनगर लगिएको थियो । कञ्चनको उपचारका क्रममा मृत्यु भएको हो । सूचनको अवस्था सामान्य छ । मोटरसाइलकल चालक इलाम घर भई हाल लेटाङ–२ बस्दै आएको २६ वर्षीय सुशिल मगर पनि घाइते बनेका थिए । मोटरसाइकलमा पछाडि चढेका लेटाङ–२ बस्ने वर्ष–२५ को मौसम मल्ल ठकुरी पनि घाइते बनेका छन् । उनीहरुको अवस्था सामान्य छ ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend