धरानः इटहरीमा लागूऔषधसहित पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १७ पकली बस्ने वर्ष ७० की सरातुन खातुनको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले घरमा लागूऔषध ब्राउन सुगर फेला पाारेको हो ।
स्थानीय सरातुन खातुन र बस्ने उनकी बुहारी वर्ष २० कि सेविका सरदारलाई चेकजाँच तथा खानतलासी गर्दा निजहरू मध्ये सरातुन खातुनले बोकेको कपडाको झोलाभित्र ठूलो पोकाबाट २०.३७ ग्राम र स–साना पोकाहरुबाट १.१३ ग्राम गरी जम्मा लागू औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।