धरानः टिपरको ठक्करबाट बालिकाको ज्यान गएको छ ।
बिर्तामोड–३ मा रहेको रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे१क ६४३ नम्बरको टिपरले पैदलयात्री १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिँदा उनको उपचारका क्रममा निधन भएको हो ।
आक्रोशित भीडले प्रहरी चौकी बिर्ताबजार घेराउ गरेका छन् । ठक्कर दिने टिपरलाई तोडफोडसहित आगजनीको प्रयास गरेका थिए ।
प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमाण्डमा ४ जनाको टोली खटिएर टिपर चालक बुद्धशान्ति १ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । तनावग्रस्त रहेको स्थिति साम्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रन्जन अवाले बताएका छन् ।