Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ब्राउन सुगरको कारोबार, पोल खोलेपछि नगदसहित समातिए

हाम्रो कोशी आवाज
असार १२ २०८३, शुक्रबार
सुनसरीमा ब्राउन सुगरको कारोबार, पोल खोलेपछि नगदसहित समातिए

धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ ।
बराहक्षेत्र नगरपालिका वडा नं.–३ भरौलीमा ३८ वर्षीय विष्णु धामीको घरमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्तरुपमा खटिएको टोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।
घरमा चेकजाँच तथा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर २०८ ग्राम र नगद १ लाख ८२ हजार ५०० फेला परेको प्रहरीले जनाएको छ । विष्णु र उनीसँगै कोठामा रहेका ३३ वर्षीय रुद्रबहादुर सुवेदीलाई पनि लागूऔषध र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. १७ पकलीमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका वडा नं. १ बस्ने युवराज बस्नेत र मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.–८ बस्ने २४ वर्षीय लालबहादुर थापामध्ये युवराज बस्नेतको साथबाट ०.६८ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनीहरूले सो लागू औषध जिल्ला सुनसरी इटहरी उप–महानगरपालिका वडा नं.–१७ बस्ने सौकात मियासँग खरिद गरेको पोल खोलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ पकलीमा रहेको स्टारलाइट खाजा घर (होटल) मा सो होटलका सञ्चालक साहीदुल मियाको साथबाट ०.९६ ग्राम ब्राउन सुगर फेला परेको र उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नं.–६ सौरनामा ४८ वर्षीय विजय राजधामीको साथबाट ६२.९३ ग्राम ब्राउन सुगर र नगद ६३ हजार ८२० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असार १२ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend