Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घर लगिदिन्छु भन्दै अर्कैको घर र केराघारीमा लगेर दुई किशोरीमाथि जबर्जस्ती, आरोपमा दुई समातिए

हाम्रो कोशी आवाज
असार १२ २०८३, शुक्रबार
घर लगिदिन्छु भन्दै अर्कैको घर र केराघारीमा लगेर दुई किशोरीमाथि जबर्जस्ती, आरोपमा दुई समातिए

धरानः घर पुरयाइदिन्छु भन्दै अर्कैको घरमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना युवा पक्राउ गरेका छन् ।
झापाको भद्रपुरमा घर पुरयाइदिने भन्दै दुई युवकले दुई किशोरीमाथि जबर्जस्ती बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
गएको असार १० गते उनीहरु दुवै जनाले घर पुरयाइदिने बहानामा १४ र १७ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घुमफिर गर्न पुगेका ती किशोरीलाई चिनजानका ती युवाले घरसम्म लगिदिने भन्दै एकान्त स्थानतर्फ लगेका थिए । प्रहरीका अनुसार भद्रपुर–५ ती युवाले किशोरीहरूलाई छुट्टाछुट्टै स्थानमा लगेर बलात्कार गरेको दावी गरेको छ ।
शिवाले १४ वर्षीया किशोरीलाई मानिस बसोबास नभएको खुला भुइँघरमा लगेर त्यहाँ रहेको त्रिपालमाथि लडाएर बलात्कार गरेको र अभिषेक महतोले १७ वर्षीया किशोरीलाई नजिकैको केराघारीमा लगेर बलात्कार गरेको आरोप छ ।
घटनापछि पीडितहरूले परिवार र स्थानीयको सहयोगमा प्रहरीमा उजुरी दिएका छन् । उजुरी दर्ता भएसँगै प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए ।

प्रकाशित मिति: असार १२ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend