Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रक र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

हाम्रो कोशी आवाज
असार १९ २०८३, शुक्रबार
ट्रक र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

धरानः मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स५प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना५स २८४२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ बर्रेकी २८ वर्षीया यमुना विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार यमुना दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनीलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगेर उपचार शुरु गरिएपनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय यमबहादुर बिक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालक सप्तरीको सुरुङगा नगरपालिका-१ का ४४ वर्षीय एकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: असार १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend