Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा पहिलोपल्ट नै ८२ प्रतिशत विद्यार्थी व्यवसायिक इन्जिनियर बन्न सफल

हाम्रो कोशी आवाज
असार २० २०८३, शनिबार
कोशी प्रदेशमा पहिलोपल्ट नै ८२ प्रतिशत विद्यार्थी व्यवसायिक इन्जिनियर बन्न सफल

धरानः कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्नातक इन्जिनियरिङतर्फको पहिलो स्नातक समूहका ८२ प्रतिशत विद्यार्थीहरू पहिलो प्रयासमै व्यवसायिक इन्जिनियर बन्न सफल भएका छन् ।
यतिका विद्यार्थीले नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गर्न सफल भएका हुन् । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राध्यापन गराउन थालेको चार वर्षे स्नातक इन्जिनियरिङतर्फको पहिलो समूहका सिभिल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका ८२ दशमलव ३५ प्रतिशत विद्यार्थीहरूले पहिलो प्रयासमा इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गरेपछि उनीहरु व्यवसायिक इन्जिनियर बन्न सफल भएको विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका प्रशासन प्रमुख महेश राईले जानकारी दिए ।
उनका अनुसार विश्वविद्यालयमा चार वर्षे स्नातक इन्जिनियरिङ अध्यन गरेका पहिलो समूहबाट इन्जिनियरको लाइसेन्सका लागि परीक्षा दिने कुल १७ जना विद्यार्थीहरूमध्ये ८२ दशमलव ३५ प्रतिशत अर्थात् १४ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । विश्वविद्यालयबाट चारवर्षे स्नातक इन्जिनियरिङको परीक्षा उत्तीर्ण गरी परिषदबाट लाइसेन्स प्राप्त गर्न सफल विद्यार्थीहरूले अब व्यवसायिकरूपमा पनि इन्जिनियरिङ सेवा गर्न पाउनेछन् ।
परीक्षा विज्ञ ईन्जिनियर युवराज चौधरीका अनुसार मनमोहन विश्वविद्यालबाट पहिलोपटक इन्जिनियरिङ परिषदको परीक्षा दिनेहरुमा सिभिलतर्फ १३ जनामा ११ जनाले र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्सतर्फ ४ जनामा ३ जना पहिलो पटकमै उत्तीर्ण भएर इन्जिनियरको लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।
परिषदको परीक्षा उत्तीर्ण गरेर इन्जिनियरको लाइसेन्स पाउने विद्यार्थीहरुमा सिभिलतर्फ अविनाशकुमार साह, अमितकुमार यादव, अनिशा रुचाल, अंशु रौनियार, फनिश कटुवाल, हरि पौडेल, एमडी अबु मिया सुफियान, निर्मला दाहाल, सुदर्शन गिरी, शुभुप्रभात काफ्ले र उमेश यादव छन् । यसैगरी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ रोशनकुमार मेहथा, विश्वप्रसाद शाह र लवनारायण राजवंशी छन् ।
कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ देखि स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्समा चार वर्षे स्नातक अध्यापन गराउन थालेको थियो ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल इन्जिनियरिङ र फार्मेसीतर्फ स्नातक, कानुनमा पाँच वर्षे स्नातक र दुई स्नातोकोत्तर अनि हस्पिटल व्यावस्थापनमा स्नातोकोत्तर विषय पठनपाठन गराइरहेकोे छ । त्यहाँ विभिन्न आठ वटा विषयमा तीन वर्षे डिप्लोमा पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: असार २० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend