Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्टरमा बाटोमा आउँदै थिए, २२ बोरा गाँजासहित समातिए

हाम्रो कोशी आवाज
असार २१ २०८३, आइतबार
ट्याक्टरमा बाटोमा आउँदै थिए, २२ बोरा गाँजासहित समातिए

धरानः धनकुटाको महालक्ष्मी नगरपालिका–६ माडिबजारस्थित कोशी लोकमार्गमा प्रहरीले १७५ किलो ५७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार साँझ सवारी साधन जाँचका क्रममा को२त ४८९८ नम्बरको ट्याक्टरमा लोड गरी ल्याइएको २२ वटा बोरामा रहेको गाँजा बरामद गरिएको हो ।
ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–४ का १९ वर्षीय राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: असार २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend