Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमान विदेशमा, देवरद्वारा खुकुरी प्रहार गरी भाउजुको हत्या

हाम्रो कोशी आवाज
असार २३ २०८३, मंगलबार
श्रीमान विदेशमा, देवरद्वारा खुकुरी प्रहार गरी भाउजुको हत्या

धरानः मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।
स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सीमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन् । उनको दाहिने काँधमा गहिरो चोट लागेको छ । उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचाबाट तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा पुगेको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार हत्या हुनुको कारण अझै खुलेको छैन। मृतकका पति कपिल खवास भने रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: असार २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend