धरानः सुनसरीमा बसमा ठक्कर खाइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
रामधुनी-५ का ५० वर्षीय वेदप्रसाद गौतमले हाँकेको मोटरसाइकल अचानक चिप्लिएर बसमा ठक्कर खान पुग्दा दुर्घटना भएको थियो । दुर्घटनामा उनीसँगै उनका छोरा छोरा २९ वर्षीय साजन गौतम गम्भीर घाइते बनेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई टाउकोमा चोट लागेको अवस्थामा अस्पताल पुरयाइएको थियो । बुबा वेदप्रसादको पनि बायाँ हातमा चोट लागेको छ ।
रामधुनी–२ तित्रिवनस्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०४–००१ प ७६१५ नम्बरको मोटरसाइकल चिप्लिएर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४१०२ नम्बरको बसको पछाडिपट्टिको भागमा ठक्कर खान पुगेको थियो ।
बुबा आफैंले मोटरसाइकल हाँकेर उपचारको लागि विराट टिचिङ अस्पताल पुरयाएका थिए । तर छोराको उपचारका क्रममा ज्यान गएको हो । बस र बस चालक उदयपुर रौतामाई नगरपालिका वडा न.१ बस्ने ३७ वर्षीय धिरजकुमार तामाङ प्रहरीको नियन्त्रणमा छन् । मोसा चालकले सडकमा ध्यान नदिएको र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।