धरानः धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘सस्तोमा औषधि मिलाइदिन्छु’ भन्ने प्रलोभन देखाउने १० जना पक्राउ परेका छन् ।
प्रतिष्ठानमा उपचारार्थ आउने बिरामीहरूलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाई दिन्छु भन्ने प्रलोभनमा पारी अवैध कमिसनको चलखेल भइरहेको सूचनाहरूको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि त्यस्ता गतिविधि गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को रन्जितकुमार चौधरी, जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ६ बस्ने वर्ष २७ की रविना मण्डल, भोजपुर आमचोक गाँउपालिका वडा नं.–८ बस्ने वर्ष ३५ को हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष २० को सागर पोखरेल, मोरङ लेटाङ नगरपालिका वडा नं. ३ बस्ने वर्ष २९ को सान्विन किराती, धरान उममहानगरपालिका वडा नं. ६ बस्ने वर्ष २३ को मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.–०५ बस्ने वर्ष ४० को उमेशकुमार चौधरी, धरान उममहानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३५ को धिरोज निरौला, इनरुवा नगरपालिका वडा नं.–०२ बस्ने वर्ष ३१ को रोहित मेहता, धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष १८ को विनोद भट्टराई रहेको प्रहरीले जनाएको छ ।
