Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पिकअप पल्टिँदा पदम राईको मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०८३, बिहिबार
सुनसरीमा पिकअप पल्टिँदा पदम राईको मृत्यु

धरानः सुनसरीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका वडा नं. ७ केराबारीस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टाटा कम्पनीको २९५६ सिसीको प्र.१–०२–००२ च ४८३१ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकमा उत्तानो भई पल्टिँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा पिकअप चालकमोरङको रंगेली नगरपालिका-३ दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब निरीक्षक सुरेशकुमार यादवले जानकारी दिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका राईको इनरुवा अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । बुधबार राति करिब १०ः५० बजेतिर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको पिकअपबाट उद्धार गरी जिल्ला अस्पताल इनरुवा लगिएपनि राति करिब ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पिकअपमा सवार मोरङ विराटनगर-१३ बस्ने सन्तोषकुमार यादव सामान्य घाइते बनेका छन् । पिकअप चालकले सडकमा ध्यान नदिएको र तीब्र गतिमा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend