Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा नगरपालिका २ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैंचा नगरपालिका १२ का ३५ वर्षीया अविरल मास्के रहेका छन् ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० खोसनिमा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकहरूले दुव्र्यवहार गरेको भन्दै विरोध प्रदर्शन गर्ने भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएपछि बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत तथा अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन दिने तथा अमर्यादित व्यवहार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा छात्रामाथि यौनजन्य दुव्र्यवहारसमेत भएकोले थप अनुसन्धान थालेको जनाएको छ ।
अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेसागै घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा दोषी देखिने जोसुकैमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend