Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानतर्फ आउँदै गरेको ट्रकको ठक्करले इटहरीमा महिलाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ५ २०८३, मंगलबार
धरानतर्फ आउँदै गरेको ट्रकको ठक्करले इटहरीमा महिलाको मृत्यु

धरानः इटहरीमा ट्रकको ठक्करले एकजनाको मृत्यु भएको छ ।
इटहरी-४ हलगडा चोकस्थित कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–२–००२ ख १३२८ नम्बरको ट्रकले सोमबार करिब साढे ८ बजे पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको इप्रका इटहरीका प्रनानि ढकनारायण श्रेष्ठले जानकारी दिए ।
ठक्करबाट इटहरी-५ बस्ने ७५ वर्षीया पदमकुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते बनेकी उनलाई उपचारको लागि न्यूरो अस्पताल विराटमगर पठाएको थियो । उपचारका क्रममा राति १०ः४५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक संखुवासभाको धर्मदेवी नगरपालिका ५ बस्ने २६ वर्षीय निमाजाङबु शेर्पा र ट्रक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको इप्रका इटहरीका प्रनानि श्रेष्ठले जानकारी दिए । चालकले सडकमा ध्यान नदिएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ५ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend