Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका विभिन्न स्थान, कोशी नदीमा गाँजा र पेस्तोल, गोली बरामद गर्ने प्रहरी सर्वोत्कृष्ट घोषित

हाम्रो कोशी आवाज
साउन ५ २०८३, मंगलबार
धरानका विभिन्न स्थान, कोशी नदीमा गाँजा र पेस्तोल, गोली बरामद गर्ने प्रहरी सर्वोत्कृष्ट घोषित

धरानः कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुईजना प्रहरी कर्मचारीलाई यो महिना पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरूमा अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल रहेका छन् ।
प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एकथान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुईजना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
त्यसैगरी, प्रहरी हवल्दार ढकालले ठूलो परिमाणमा लागूऔषध बरामद गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ केजी र धरानका विभिन्न स्थानबाट ४०४ केजी गाँजा बरामद गरेका थिए । साथै ४७.२९ ग्राम ब्राउन सुगर, १८ हजार ट्याब्लेट ट्रामोल र २१० ट्याब्लेट स्पास्पेन सहित अवैध ओसारपसारमा संलग्न व्यक्तिहरू र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न उनी सफल भएका थिए ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले उनीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेका थिए ।

प्रकाशित मिति: साउन ५ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend