Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन सवारी ठोक्किँदा मृत्यु, बोलेरो दुर्घटनामा धरानका तीनजनासहित ७ जना घाइते

हाम्रो कोशी आवाज
साउन ७ २०८३, बिहिबार
तीन सवारी ठोक्किँदा मृत्यु, बोलेरो दुर्घटनामा धरानका तीनजनासहित ७ जना घाइते

बिर्तामोडः झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथ प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच बोलेरो दुर्घटनामा धरानका तीनजनासहित ७ जना घाइते बनेका छन् ।
झापाबाट इलामतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा धरान–१० बिशालपथ बस्ने ७३ वर्षीय महेशकुमार राई, महेश राईका छोरा ३४ वर्षीय मनकुमार राई, धरान–१० बिशालपथकै ३६ की रिता चेम्जोङ रहेका छन् । तीनजनामध्ये महेशकुमारको टाउको, छाती, ढाडमा चोट, अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, मनकुमारको दाहिने पातामा चोट, अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ । यस्तै, रिताको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट र बोल्न सक्ने सामान्य अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
इलाम नगरपालिका–८ बज्रदेवीमा झापाबाट इलामतर्फ जाँदै गरेको प्र१–०१–००१ ज ४१३२ नं. को बोलेरो गाडी उकालोमा अनियन्त्रित भई सडकबाट अन्दाजी ६० फिट तल खसेको हो ।
यस्तै, घाइते हुनेहरुमा झापा कन्काई ९ घैलाडुब्बा बस्ने वर्ष ४० का नाजु आलम (टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम), सोही ठाउँ बस्ने वर्ष ४७ का गोपालप्रसाद दुलाल (निधार, दाहिने कुममा चोट, अवस्था बोल्न सक्ने सामान्य), गाडी चालक (साहु) पाँचथर फाल्गुनन्द ५ फाक्तेप बस्ने वर्ष ३३ का रमेश चेम्जोङ (बायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य ), दमक ७ श्रीपाली बस्ने वर्ष २२ का रोहिन लावती (निधारमा टुटुल्को उठेको, अवस्था बोल्न सक्ने सामान्य) रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: साउन ७ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend