Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

हाम्रो कोशी आवाज
साउन ७ २०८३, बिहिबार
सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३८प २३८९ नम्बरको स्कुटरलाई शंका लागेर पछयाएको थियो ।
स्कुटर चालक धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ को उज्ज्वल मादेन र पछाडि सवार भोजपुर हतुवागढी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३२ को रोशन राईलाई चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । ब्राउन सुगर २.८९ ग्राम (दुई ग्राम आठ सय नब्बे मिलिग्राम) फेला परेको थियो ।
यस्तै, बसपार्कमै पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित नै पक्राउ गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं.१० बस्ने वर्ष २७ को राजन उराँव र उर्लाबारी नगरपालिका वडा नं.–०४ बस्ने वर्ष ३४ को प्रकाश उराँवलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२.४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषध र स्कुटरसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ७ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend