Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मापसे गरेर मोटरसाइकल हाँकिरहेका युवाको दुर्घटनामा परी मृत्यु

हाम्रो कोशी आवाज
साउन ८ २०८३, शुक्रबार
मापसे गरेर मोटरसाइकल हाँकिरहेका युवाको दुर्घटनामा परी मृत्यु

धरानः मापसे गरेर मोटरसाइकल हाँकिरहेका युवाको दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा २८ वर्षीय बरुणकुमार राजवंशी रहेको प्रहरीले जनाएको छ । मोरङको रतुवामाई नगरपालिका ४ अन्तर्गत हुलाकी सडक खण्डमा विराटनगरबाट गौरीगञ्ंज झापातर्फ जाँदै गरको बा७३प.४२१६ नम्बरको केटिएम मोटरसाइकल बिहीबार राति करिब १०ः३५ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चालक झापा गौरीगञ्ज गाउँपालिका ६ बस्ने राजवंशीको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारको लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिएको थियो । चिकित्सकले राति १०ः५० बजे मृत घोषणा गरेका थिए ।
अत्याधिक मापसे गरेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ८ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend