Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जो ट्रकमुनि सुतेका थिए, चालकले ट्रक कुदाउँदा किचेर मृत्यु

हाम्रो कोशी आवाज
साउन १३ २०८३, बुधबार
जो ट्रकमुनि सुतेका थिए, चालकले ट्रक कुदाउँदा किचेर मृत्यु

धरानः ट्रकले किच्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका ४ अगुर दाना मिलअगाडी सुनसरी गढी गाउँपालिका २ घर भई बुढीगंगा गाउँपालिका ५ स्थित ससुराली घर बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव रहेका छन् ।
लडेर मृत्यु भएको भन्ने इलाका प्रहरी कार्यालय नेमुवामा खबर पुगेको र उपचारका लागि उनलाई तत्कालै विराट टिचिङ अस्पताल लगिएको थियो । आइतबार साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
शवको पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । पोष्टमार्टम रिपोर्टमा आफै मृत्यु नभई अन्य कारणबाट मृत्यु भएको भन्ने खुल्न आएपछि प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।
अनुसन्धानको क्रममा सो घटनामा संलग्न ना७ख ७८८ नम्बरको ट्रक रोकिराखेकोमा ट्रक मुनी (चक्काको मुनि) सुतेको अवस्थामा चालकले ट्रक अगाडि बढाउने क्रममा चक्काले किचेर घटना भएको भनी खुल्न आएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक झापा कचनकवल गाउँपालिका १ बस्ने ३० वर्षीय हरि थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएको छ । घटना गत साउन १० गते आइतबार साँझ ६ः३० बजे भएको हो । प्रहरीले चालकलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: साउन १३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend