धरानः बुधबार सुनसरी सुनसान छ । सुनसरीको विभिन्न ठाउँमा भएको झडपपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कफ्र्य कफ्र्यु लगाएको थियो ।
बिहानैदेखि सुनसरी सुनसान छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।
कफ्र्यु लागू भएपछि बिहानदेखि सुनसरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।
प्रशासनले गैरकानुनी गतिविधि, ढुंगामुढा तथा घरटहरामा आगजनी भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको जनाएको छ ।
