Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा खेल प्रशिक्षकः कतै धेरै कतै शुन्य

हाम्रो कोशी आवाज
साउन १३ २०८३, बुधबार
कोशी प्रदेशमा खेल प्रशिक्षकः कतै धेरै कतै शुन्य

धरानः कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ।
प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनुपर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको हो।
कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा अत्याधिक देखिँदा कतै भने शून्य रहेको पाइएको छ। प्रदेशको सम्भावना रहेको भनिएको कराँते खेलमा कुनै जिल्लामा १२ जना प्रशिक्षक रहँदा अधिकांश जिल्लामा भने प्रशिक्षकको संख्या शून्य पाइएको हो।
कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक रहँदा प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा भने प्रशिक्षकको संख्या शून्य रहेको छ। त्यस्तै, पाँचथरमा १ , इलाममा ४, मोरङमा ३, सुनसरीमा ४, खोटाङमा २ र धनकुटामा १ जना कराते प्रशिक्षक कार्यरत रहेको छन्।
एउटा खेलमा एकै जिल्लामा दर्जन हाराहारी प्रशिक्षक हुनु र प्रदेशका अन्य जिल्लामा प्रशिक्षक नै नहुनुलाई खेलकर्मीहरूले स्वाभाविक मान्न नसकिने बताउँछन् जिल्लामा प्रशिक्षक नहुँदा कतै स्वयम् सेवक प्रशिक्षकहरूले खेलाडीलाई प्रशिक्षण दिइरहेको तर प्रतियोगिताहरूमा छनोट गर्ने लगायत विषयमा सरकारी प्रशिक्षकहरूको भूमिका रहने कारणले खेलकर्मीहरू बोल्न नसकेको नाम नबताउने सर्तमा भोजपुरका एक खेलकर्मी भने।
प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोष भने बोर्डले छिट्टै प्रदेशका सबै जिल्लामा प्रशिक्षक व्यवस्थापन गर्ने तयारी गरिरहेको बताए। उनले बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, कोशी प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड लगायतको प्रतियोगिताका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दा प्रशिक्षकको संख्या लगायतको विषयमा समेत कुरा आइरहेकोले सो विषयमा बोर्डले छिट्टै निर्णय लिने बताए।
‘प्रशिक्षक धेरै भएको जिल्लाबाट अन्य जिल्लामा व्यवस्थापनदेखि प्रशिक्षक नियुक्ती समेत गर्नु पर्ने छु’, घोषले भने, ‘खेल क्षेत्र र खेलकर्मीहरूलाई न्याय हुने गरी र खेलक्षेत्रको विकास हुने गरी व्यवस्थापन गर्ने बोर्डको तयारी छ।’
कोशी प्रदेशमा कराँतेको प्रशिक्षकको संख्या धेरै हुँदा अन्य धेरै खेलको सरकारी प्रशिक्षकहरूको संख्या भने अत्यन्तै न्यून छ। खेल पूर्वाधारको अभाव देखि लिएर स्रोतको अभाव भन्दै लामो समयदेखि प्रशिक्षकको पदपूर्ति हुन सकेको छैन।
प्रतियोगिताको बेलामा भने बोर्डले अस्थायी प्रशिक्षक नियुक्ती गरेर काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: साउन १३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १५ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend