Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी घटनाः अवस्था सामान्यतर्फ, संयुक्त बैठक बोलाइयो

हाम्रो कोशी आवाज
साउन १४ २०८३, बिहिबार
सुनसरी घटनाः अवस्था सामान्यतर्फ, संयुक्त बैठक बोलाइयो
धरानः सुनसरी जिल्लाको कप्तानगञ्जमा भएको घटनापछि लगाइएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको छ।
कर्फ्यु कायमै रहे पनि जिल्लाको स्थिति भने सुधारोन्मुख बन्दै गएको छ।
कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार घटना भएको स्थान र आसपासको स्थिति सामान्य बन्दै गएको छ।
यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य बनाउन आवश्यकता अनुसार कर्फ्युलाई निरन्तरता दिइएको छ।
हाल इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ मा पर्ने पूर्व(पश्चिम राजमार्गको दायाँ(बायाँ २०० मिटर, रामधुनी नगरपालिकाको वडा नम्बर १ र ५ अन्तर्गत पर्ने पूर्व(पश्चिम राजमार्गको २०० मिटर दायाँ(बायाँ क्षेत्रमा कर्फ्यु जारी छ।
यसैगरी इनरूवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जू गाउँपालिकाका क्षेत्रहरूमा पनि कर्फ्यु लागू रहेको छ।
गत आइतबार राति कप्तानगञ्जमा भएको घटनामा एक जनाको मृत्यु भएपछि जिल्लाका विभिन्न स्थान अशान्त बनेका थिए।
घटनालगत्तै गृह मन्त्रालयको सक्रियतामा सुनसरीका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको हेरफेर गरिएको थियो।
सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार दिउँसो संयुक्त बैठक बोलाइएको छ । सुनसरीका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्‌भाव कायम गर्दै पीडित पक्षको न्याय सुनिश्चित गर्ने विषयमा छलफल, समन्वय तथा साझा निष्कर्षमा पुग्ने उद्देश्यले दिउँसो २ः ०० बजे बस्नेगरी बैठक बोलाइएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा सुनसरी जिल्लाका सङ्घ तथा प्रदेश सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । साथै,उक्त बैठकमा सुनसरीको देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह इनरुवा लगायत पालिका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा , देवानगञ्ज गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू पनि सहभागी हुने भएका छन् ।
गत साउन १० गते देवानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागि एक जनाको निधन भएपछि स्थिति तनावग्रस्त भएको छ ।

प्रकाशित मिति: साउन १४ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend