Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

हाम्रो कोशी आवाज
साउन १५ २०८३, शुक्रबार
युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

विराटनगर । विराटनगरका युवा उद्यमी रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गएराती विराटनगरमा सम्पन्न मञ्चको २२ औं अधिवेशनले युवा उद्यमी कट्टेलको नेतृत्वमा १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।
प्रणाम ग्रुप सम्बद्ध कृष्ण दाना उद्योग, प्रणाम इँटा लगायत विभिन्न उद्योगको नेतृत्व सम्हाल्दै आएका कटेल यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिए । संजिव सिंग्देल नेतृत्वको समितिमा प्रथम उपाध्यक्ष रहेर सफलतापूर्वक भूमिका निर्वाह गरेका कटेललाई अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो । अधिवेशनबाट मञ्चको प्रथम उपाध्यक्षमा रितेश खनाल र द्वितीय उपाध्यक्षमा सम्यम श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सागरराज ढुंगाना, अर्नेस्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंकिता गिरी, अनुभव दाहाल, श्लोक रिजाल, धीरज शर्मा, हेमन्त अग्रवाल र बिकिमा कर्मचार्य चयन भएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, युवा उद्यमी मञ्च विराटनगरका संस्थापक अध्यक्ष सुयस प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायतले नयाँ कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: साउन १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend