धरानः धनकुटाको चौबिसे गाउँपालिका-४ फलौमेटारबाट ठूलो परिमाणको गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ८०४ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ घर भई हाल चौबिसे गाउँपालिका-४ मा होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका-४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो । जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको एक घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाएर राखिएको अवस्थामा कुल ८०४ केजी गाँजा बरामद भएको
बरामद गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।