Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा थपियो निषेधाज्ञा

हाम्रो कोशी आवाज
साउन १६ २०८३, शनिबार
सुनसरीमा थपियो निषेधाज्ञा

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार सूचना जारी गर्दै साउन १६ गते साँझ ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म निषेधाज्ञा कायम रहने जानकारी दिएका हुन्।
देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले साउन १२ गते राति ९ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो।
निषेधाज्ञा अवधिमा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न प्रतिबन्ध रहने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: साउन १६ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend