धरानः बुलेट मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर–४ आयल निगमस्थित कोशी लोकमार्गमा बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बिआर ११ एडब्लु १७२९ नम्बरको मोटरसाइकलले पैदलयात्री विराटनगर–४ कदमगाछी ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
उनी भारतीय नागरिक हुन् । भारत कलकता घर भएका उनी विराटनगरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । उनको टाउको, गाला, निधारमा चोट लागि उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भारत अररिया जिल्ला जोगवनी बस्ने २८ वर्षीय शौरभकुमार सुमन साह र पछाडि सवार सोही ठाउँका २६ वर्षीय मो. दानिस जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।