Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालेन सरकारले सुकुम्बासीलाई जो जहाँ बसेको त्यही ठाउँमा जग्गाको लालपुर्जा बाँड्ने

हाम्रो कोशी आवाज
साउन १९ २०८३, मंगलबार
बालेन सरकारले सुकुम्बासीलाई जो जहाँ बसेको त्यही ठाउँमा जग्गाको लालपुर्जा बाँड्ने

धरानः भूमिसुधार मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई जो जहाँ बसिरहेको छ, त्यहीँ ठाउँमा जग्गाको लालपुर्जा वितरण गरिने बताएकी छिन् ।
उनले आज संसद बैठकमा बोल्दै सो कुरा बताएकी हन् । ‘जो जहाँ बसिरहनुभएको छ, सरकारको पहिलो प्राथमिकता भनेको उहाँहरू बसेकै ठाउँमा जग्गा र लालपुर्जा दिने हो’, उनले भनिन्, ‘सरकारले उठाउँछ कि भन्ने नलिनुहोस्, भोगचलन गरेकै ठाउँमा हामीले दिने हो ।’
उनले सुकुम्वासीलाई जग्गाको लालपूर्जा दिने प्रक्रियामा स्थानीय तहबाट असहयोग भएको गुनासो गरेकी छन् । उनले आज संसद बैठकमा बोल्दै काठमाडौंमा यही कारणले प्रक्रिया अवरुद्ध बनेको दावी गरिन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन सुकुम्वासीको समस्याका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । यसमा जवाफ दिँदै मन्त्री रावलले सरकारले यो समस्याको समाधानमा गम्भीर भएर लागिरहेको बताइन् ।
उनले भनिन्, ‘भूमिहीन सुकुम्वासीको विषयमा नेपाल सरकार गम्भीर छ । सरकार गठन भएदेखि नै सुकुम्वासी अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनमा निरन्तर काम गरिरहेको छ ।’
रावलले सुकुम्वासीको पहिचान तथा जग्गा वितरणमा तीनै तहको सरकारको भूमिमा हुने उल्लेख गरिन् । स्थानीय तहले सहयोग गरेन भने पूरै प्रक्रिया अवरुद्ध हुने उनको भनाइ छ ।
उनले भनिन्, ‘काठमाडौंका हकमा भएको यही नै हो । होल्डिङ सेन्टरबाट ३८८ जनाको परिवारको लगत संकलन गरिएको थियो । उनीहरूमध्ये ५८ परिवारको निवेदन फारम भरेर सम्बन्धित पालिकामा पठाइयो । ५१ परिवारको निवेदन अस्वीकृत भयो भने ५१ परिवारको पहिल्यै आयोगमा दर्ता भएको हुँदा भोली सूचना प्रकाशित हुँदैछ । तर हामीले सम्बन्धित जिल्ला तथा पालिकामा पठाएका सूचना वडाहरूले निकाल्नुपर्ने थियो । तर ४ वटा पालिकाले बाहेक अरूले परिवारको सूचना नै निकालिदिनुभएन ।’
मन्त्री रावलले विपक्षी दलका नेताले संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव स्थानीय तहसम्म सर्कुलर गर्न आग्रह गरिन् ।
उनले थपिन्, ‘यो विषयमा विपक्षी दलहरू पनि चिन्तित हुनुहुन्छ भने यो सार्वजनिक महत्वको प्रस्तावको कपि सम्बन्धित पालिकालाई पठाउनुस् । ताकि उनीहरूले पनि समस्याको गहिराई महसुस गरुन् ।’
मन्त्री रावलका अनुसार मकवानपुर गढी, मिथिला नगरपालिका, भोजपुर नगरपालिका लगायतले सूचना जारी गरिदिएका छैनन् । विगतमा तीन आयोग बनाउँदा २ अर्ब ११ करोड खर्च भएको भन्दै रावलले यसको विषयमा पनि छलफल गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति: साउन १९ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend