धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलबारी–९ बस्ने सनम खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार मिश्रले जानकारी दिए ।
मोरङको बेलबारी–९ गैराखुनी डाँगा बजारबाट बाउनीतर्फ जाने क्रममा को३२प ३२४३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत साउन १८ गते उनी दुर्घटनामा परेका थिए । विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मंगलबार करिब १ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । चालकले मापसे गरेको र लापरवाहीको कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।