धरानः मोटरसाइकलको ठक्करले बाटो काट्दै गरेकी एकजना वृद्धाको ज्यान गएको छ ।
मोरङको धनपालथान गाउँपालिका ७ कदमामा को३३प ८९५३ नम्बरको सुपर स्प्लेडर मोटरसाइकलको ठक्करले बाटो काट्दै गरेकी चुन्नीदेवीलाई ठक्कर दिँदा गम्भीर घाइते बनेकी थिइन् । उनको टाउको र अनुहारमा चोट लागेको थियो । उनलाई तत्कालै उपचारका लागि अस्पताल पुरयाइएको थियो । ७० वर्षीया चुम्नीदेवी मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।