Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इन्द्र आङ्बोले तीनकोठे घरको चाबी हस्तान्तरण गरे

हाम्रो कोशी आवाज
साउन २५ २०८३, सोमबार
इन्द्र आङ्बोले तीनकोठे घरको चाबी हस्तान्तरण गरे

धरानः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताए । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिएको उनले उल्लेख गरे ।
झापामा पार्टीले निर्माण गरेको घरले राज्यलाई घचघच्याउँदै विपन्न नागरिकको आवासको अधिकारप्रति ध्यानाकर्षण गराउने काम गरेको उनको भनाइ छ । नागरिकका आधारभूत अधिकार तथा आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्नेमा उनले जोडसमेत दिए । घर निर्माण अभियानले मुलुकलाई समाजवादउन्मुख बनाउन दबाब सिर्जना गर्ने उल्लेख गर्दै आङ्बोले अभियानमा सहभागी सबैलाई धन्यवाद दिए ।
कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले घर निर्माण कार्यले सांकेतिक रूपमा भए पनि झापाबाट समाजवादी अभियानलाई थप विस्तार गर्ने काम गरेको बताए । मानिसले बाँच्न पाउने अधिकारसँगै सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा रहेको सन्देश यस अभियानले दिएको उनले बताए ।
कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दातालाई सम्मानसमेत गरिएको छ । विभिन्न दाताबाट संकलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीनकोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिए ।
नेकपाले झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियान अघि बढाएको उहाँले बताउनुभयो । दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको उनले बताए ।
जिल्ला कमिटीबाट निर्णय गराएर घर निर्माण अभियानलाई थप व्यवस्थित गर्दै लगिने उनले जानकारी दिए ।
घर निर्माणका लागि बासुदेव दुलाल, तारा दुलाल, ईश्वरी दाहाल, पदम लिम्बू, ओमसाई पाथिभरा हस्पिटलको फार्मेसी, डा. मुरलीप्रसाद साह, श्रीप्रसाद मिश्र, सानुकुमार लामा, चन्द्रा श्रेष्ठ, बीपी भट्टराई, जोया सुब्बा, राम पोखरेल, परशुराम शंकर, कृष्ण कौशल, नाजिर हुसेन लगायतले नगद तथा जिन्सी सहयोग गरे । घर निर्माण संयोजक बासु दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता पदम लिम्बूले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सहसंयोजक बीपी भट्टराईले गरेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, डिल्लीराम घिमिरे ‘हिक्मत’, पार्टीका जिल्ला संयोजक खड्क तिम्सिना ‘पवन’ लगायतका नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन २५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend