Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ग्याँस लिने लाइन घटेन

हाम्रो कोशी आवाज
साउन ३१ २०८३, आइतबार
धरानमा ग्याँस लिने लाइन घटेन

धरानः धरानमा खाना पकाउने ग्याँस लिनेको लाइन अझै घट्न सकेको छैन । ग्याँसको खपत बढ्दा पनि उपभोक्ताको लाइन अझै नघटेको हो ।
बजारमा अभाव हुन सक्छ भन्ने हल्लाका कारण धेरै उपभोक्ताले घरमा थप सिलिण्डर स्टक राख्न खोज्दा बजारमा कृत्रिम चाप सिर्जना भएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा बताउँछन् । अर्कोतर्फ, विगतमा संकटका बेला वितरण गरिएको ७।१ केजी ९आधा सिलिण्डर० बाट पुनः १४।२ केजीको पूर्ण सिलिण्डर वितरणमा जाँदा खपतको चक्रमा परिवर्तन आएको उनको भनाइ छ ।
बजारको असहजतालाई न्यूनीकरण गर्न प्रशासन कार्यालयहरूले उद्योग र डिलरहरूमा नियमित अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा केही उद्योगहरूले उपभोक्ताको हितविपरित काम गरिरहेको समेत पाइएको छ ।
बजारमा ग्याँस नपाएर सर्वसाधारण मारमा परिरहेका बेला नेपाल आयल निगमले कोशी प्रदेशले भने यतिबेला विराटनगर क्षेत्रमा वितरण केही सहज हुँदै गएको छ भने धरानलगायत अन्य जिल्लामा अझै पनि उपभोक्ताले केही कठिनाइ भोगिरहेका छन् । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले प्रदेशमा दैनिक १४ हजारभन्दा बढी सिलिन्डर ग्यास खपत भइरहेको जानकारी दिए ।
ग्याँसको आपूर्तिका लागि निगमले हरसम्भव प्रयास गरिरहेको र उपभोक्ताले अनावश्यक सञ्चय नगरे केही दिनमै अवस्था पूर्ण सहज हुने दाबी गरेको छ ।
पछिल्लो विवरण अनुसार ग्यास आयात र बिक्रीको ग्राफ उकालो लागेको देखिन्छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८२ को साउन १ देखि २८ गतेसम्मको अवधिमा ५ हजार ६८३ मेट्रिक टन ग्यास आयात भएको थियो । तर चालु आर्थिक वर्ष २०८३ को सोही अवधिमा यो परिमाण बढेर ७ हजार ११० मेट्रिक टन पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५।१ प्रतिशतले बढी हो । सिलिन्डरको संख्यामा तुलना गर्दा गत वर्षको साउनमा ४ लाख २२६ सिलिन्डर बजारमा पठाइएकोमा यस वर्ष ५ लाख ७०९ सिलिण्डर खपत भइसकेको छ । यसले ग्यासको आयातमा कुनै कमी नभएको बरु माग र आपूर्तिको सन्तुलन बिग्रिएको देखाएको छ ।

प्रकाशित मिति: साउन ३१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend