धरानः सुनसरी प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ दुर्गा मन्दिरमा भन्सार छलीका अवैध सामानहरु ओसारपसार गरिरहेको प्राप्त सूचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ भन्सार छली अवैधरुपमा ल्याउँदै गरेको १ लाख ४३ हजार २ सय २५ रुपैयाँ बराबरको लत्ता कपडासहित प्र.१–०२–००५ ह ०८५१ नम्बरको सिटी सफारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, सुनसरीकै बर्जु गाँउपालिका वडा नं. ६ जानकी चोकमा इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली अवैधरूपाम ल्याउदै गरेको २ लाख १९ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ । बराबरको भन्सार छलीका अवैध सामानहरू र सिटी सफारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।