Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायिका रचना रिमाल अब स्कुलको पाठ्यक्रममा

हाम्रो कोशी आवाज
साउन ३१ २०८३, आइतबार
गायिका रचना रिमाल अब स्कुलको पाठ्यक्रममा

धरानः चर्चित गायिका रचना रिमालको सांगीतिक यात्रा विद्यालयस्तरको पाठ्यक्रममा समेटिएको छ ।
झापाको भद्रपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ४ को ‘भद्रपुर सेरोफेरो’ नामक पुस्तकमा गायिका रिमालको जीवनी र सांगीतिक सफलतालाई पाठ्यसामग्रीका रूपमा समावेश गरिएको हो ।
पुस्तकको ‘पाठ २ः रचना रिमाल’ शीर्षकमा शिक्षक र विद्यार्थीबीचको संवाद शैलीमा उनको जीवन, सांगीतिक यात्रा, र सफलताको कथा प्रस्तुत गरिएको छ ।
पाठ्यपुस्तकमा उनको जन्मदेखि सांगीतिक जीवनमा हासिल गरेका उपलब्धीलाई सरल भाषामा समेटिएका छन् । पाठ्यक्रममा आफ्नो यात्रा समेटिएको उनले खुसी व्यक्त गरेकी छिन् । “आफ्नै माटोको यो सम्मान मेरो लागि अमूल्य छ । जुन ठाउँमा म हुर्किएँ, जुन माटोमा मैले सपना देखेँ, जसले मेरा सपनाहरूलाई आकार दियो, आज त्यही भद्रपुरमा मेरो सांगीतिक यात्राको एउटा अध्याय बनेर नयाँ पुस्ताले पढ्ने कक्षा ४ को पाठ्यक्रममा समेटिएको देख्दा मन असाध्यै भावुक भएको छ,” उनले भनिन् ।
यो विषय आफू हुर्किएको स्थानले दिएको अमूल्य सम्मान रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: साउन ३१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend